‘संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला बनाएको छैन, सबै नागरिकको हैसियत समान हुन्छ’ – Janadesh Daily | ePaper

‘संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला बनाएको छैन, सबै नागरिकको हैसियत समान हुन्छ’


जनादेश, काठमाडौं ।

नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ पम्फा भुसालले नेपालको संविधानले कसैको श्रीमतीलाई प्रथम महिला नबनाएको बताएकी छन् । शनिबार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई प्रथम महिलाको रुपमा बोलाइएको थियो ।

सोही कुरालाई प्रष्ट्याउँदै भुसालले आइतबार फेसबुकमा संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो नबनाएको टिप्पणी गरेकी हुन् । वंसवाद र परीवारवादको सामन्ती राजतंत्रात्मक व्यवस्थामा मात्र राजाकी श्रीमती महारानी, छोराछोरी युवराज युवराजकुमारी हुने गरेको जनाउँदैै भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने बताएकी छन् ।

‘वंशवाद र परिवारवादको सामन्ती राजतन्त्रात्मक व्यवस्था जहाँ राजाकी श्रीमती महारानी, छोराछोरी युवराजर युवराजकुमारी हुन्थे।’ भुसालले लेखेकी छन्, ‘लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैँ निर्माण गर्ने हो। सबैलाई समानता र स्वाभिमान प्रदान गर्ने लोकतान्त्रिक गणतन्त्र ज़िन्दावाद। महिलालाई दास बनाउने सामन्ती पितृसत्तावाद मुर्दावाद’ भुसालले लेखेकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्