‘प्रतिनिधिसभा विघटन, न अग्रगमन हो, न प्रतिगमन, यो जनगमन हो’ – Janadesh Daily | ePaper

‘प्रतिनिधिसभा विघटन, न अग्रगमन हो, न प्रतिगमन, यो जनगमन हो’


जनादेश, काठमाडौँ ।

सर्वोच्चको संवैधानिक इजलासमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले संसद्‌मा विश्वासको मत लिने कि विघटन गर्ने भन्ने अधिकार प्रधानमन्त्रीमा रहेको बताएका छन् ।

विघटन हुने र विघटन गर्ने शक्तिले जवाफ दिन जनतासमक्ष जानुपर्ने बताउँदै भट्टराईले भने, ‘प्रतिनिधिसभा विघटन, न अग्रगमन हो न प्रतिगमन, यो जनगमन हो । विघटन हुने र विघटन गर्ने शक्तिले जवाफ दिन जनतासमक्ष जानुपर्छु।’

यस्तै, प्रधानमन्त्रीसँग कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने अधिकार रहेको बताउँदै भट्टराईले भने, ‘कसलाई मन्त्री बनाउने र कसलाई कहिले हटाउने भन्ने प्रधानमन्त्रीको अधिकार हो । त्यस्तै संसद्‌मा विश्वासको मत लिने कि विघटन गर्ने भन्ने अधिकार प्रधानमन्त्रीमा रहन्छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्