सैनिक हेलिकप्टर दुर्घटना, ९ को मृत्यु, ६ घाइते – Janadesh Daily | ePaper

सैनिक हेलिकप्टर दुर्घटना, ९ को मृत्यु, ६ घाइते


एजेन्सी ।

कोलम्बियामा मंगलबार सैनिक हेलिकप्टर दुर्घटना भएको छ ।

सो दुर्घटनामा परी ९ जना सैनिकको ज्यान गएको छ । यूएच–६० ब्ल्याक हक हेलिकप्टर कोलम्बियाको जंगल क्षेत्रमा दुर्घटग्रस्त भएको हो । दुर्घटनामा घाइते भएका ६ सैनिकको उपचार भइरहेको कोलम्बियन सञ्चारमाध्यमले जनाएका छन् ।

कोलम्बियाका फार्क विद्रोहीविरूद्धको हमलाका लागि उडेको सो हेलिकप्टर के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान चलिरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्