जनादेश, काठमाडौँ ।
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको समूहबाट आफ्नो समूहमा प्रवेश गर्न खोज्नेको लामो सूची भएको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘फर्कने मन्त्री पनि म सँग वार्ता गरिरहेका छन्। केपी जी तिर गएका मान्छेहरू फर्कने लाम लागेको छ। लामो लिस्ट भन्न सक्छु। अरू त अरू उहाँले मन्त्री बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन्।’
यस्तै, आजको सभामा ५ लाख जना सहभागी भएको दाबी गर्दै प्रचण्डले भनजे ‘मैले अनुमान गरेर भनेको होइन, बस्दाबस्दै मलाई एसएमएस गरेर साथीहरूले भन्नुभयो अहिले ५ लाख छन्,’ ।
लाखौँ जनता सिंहदरबार र बालुवाटार घेर्न आउने चेतावनी दिँदै उनले भने ओलीको चुनौतीलाई जवाफ दिँदै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ रु सभा विरोध प्रदर्शन कस्तो हुन्छ ?’