दुई अध्यक्ष मिल्नुको विकल्प छैन ः नेता अधिकारी – Janadesh Daily | ePaper

दुई अध्यक्ष मिल्नुको विकल्प छैन ः नेता अधिकारी


जनादेश लमजुङ ।

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक मायानाथ अधिकारीले पार्टी एकताको मर्मअनुसार दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कम्तीमा आगामी महाधिवेशनसम्म प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर अघि बढनुपर्ने र महाधिवेशनले एकल अध्यक्ष चयन गर्ने बतउनुभयो ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्य सचेतक अधिकारीले देशले बलियो र स्थायी सरकार खोजेको अवस्थामा अनावश्यक विवाद गरेर अल्झन नहुने बताउँदै राजनीति सही बाटोमा जाँदा धेरै परिवर्तन भएकाले समृद्ध नेपाल र सुखी नेपालीका लागि नेताहरु मिलेर अघि बढनुपर्ने र जनआकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी एकतालाई जोगाउने हो भने पक्ष–विपक्षमा भन्दा सरकार र पार्टीलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सदस्य महेन्द्रलाल श्रेष्ठ, फूलबहादुर थापा, प्रेम घले, कार्यालय सदस्य कृष्णप्रसाद अधिकारीले सिङ्गो कम्युनिष्ट पार्टीको एकताले पुष्पलालप्रति साँच्चै सम्मान भएको भन्दै अब ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउनुपर्ने बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्