आदर्श कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टिः अस्तायो थबाङको घाम – Janadesh Daily | ePaper

आदर्श कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टिः अस्तायो थबाङको घाम


जनादेश, काठमाण्डौ ।

Barman Budha with Prachand

कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

पुराना कम्युनिष्ट नेता बुढाको ...

रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ९० बर्षको उमेरमा ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा आज बिहान निधन भएको थियो ।

पुराना कम्युनिष्ट नेता बर्मन बुढाको ...

बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हँुदै आएको थियो । पूर्व सांसद समेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ ।

SAGE Books - Varieties of Activist Experience: Civil Society in ...

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गर्नुभयो । बुढा प्रति श्रद्धान्जली दिन सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य लगायतका नेताहरु पशुपति पुग्नुभएको थियो ।

बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

बुढा २०४८ सालको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो भने उहाँ तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत होमिनु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्