लमजुङमा पहिरोले १८ घर पुरिए – Janadesh Daily | ePaper

लमजुङमा पहिरोले १८ घर पुरिए


जनादेश काठमाण्डौ ।

10 houses buried in Lamjung landslide

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ ।

अविरल वर्षाका कारण आज बिहान पहिरो खस्दा १८ घर पुरिएको स्थानीय राजकुमार मिजारले जानकारी दिनुभएको छ ।

हिजो पनि पहिरो गएको र केही घरहरु पुरिएकाले अन्य गाउँलेहरु भने हिजो नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उता झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो ।

त्यसैगरी, स्याङ्जामा पनि पहिरोले एक घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्