अटेरी चालक, साढे ३७ हजार जना कार्वाहीमा – Janadesh Daily | ePaper

अटेरी चालक, साढे ३७ हजार जना कार्वाहीमा


जनादेश घोराही ।

दाङमा मादक पदार्थ सेवन गरेर गाडी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरुको संख्या निकै धेरै रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार एक बर्षमा साढे ३७ हजार चालकहरु ट्राफिक नियम उल्लंघन गरेकै कारण कार्वाहीमा परेका छन् ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सिट क्षमता भन्दा धेरै यात्रु र समान बोक्ने, तिब्र गतिमा कुदाँउने, आबस्यक कागजपत्र नबोक्ने लगाएतका कमजोरी गर्दा प्रहरीले कार्वाही गर्ने गरेको छ । एक बर्षमा ३७ हजार ४ सय ६३ जना चालकहरु कार्वाहीमा परेका छन् ।

उनिहरुबाट कार्वाही स्वरुप २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको छ । जस्मा एक हजार २ सय १० जना चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाएको पाईएको छ ।

उनिहरुलाई गरिएको जरिवनाबाट १२ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्