आज टुँडीखेल मानव साङ्लोले घेर्दै प्रचण्ड-नेपाल समूह, यस्तो छ तयारी – Janadesh Daily | ePaper

आज टुँडीखेल मानव साङ्लोले घेर्दै प्रचण्ड-नेपाल समूह, यस्तो छ तयारी


जनादेश अपडेट ।

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड- माधव कुमार नेपाल समूहले आज चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जनादेश जानकारी दिए ।

नेता भुसालले अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको र ट्राफिक व्यवस्थापन प्रभावित हुनसक्ने बताए ।

प्रचण्ड-नेपाल समूहले ५ फागुनदेखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ । यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले संयुक्त आन्दोलन पनि छिट्टै सुरु हुने दाबी गरेका छन् । प्रचण्डले केपी ओली पक्षधरका ९० प्रतिशत सांसद पनि संसद विघटनको पक्षमा रहेको दावी पनि गरेका छन् । तर गुटको कारण बोल्न नसकेको दावी उनको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्