म्यानचेस्टर युनाइटेडलाई वेस्ट ह्यामको चुनौती – Janadesh Daily | ePaper

म्यानचेस्टर युनाइटेडलाई वेस्ट ह्यामको चुनौती


एजेन्सी शीर्ष ४ र रेलिगेसन क्षेत्रको कडा प्रतिस्पर्धासहित इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । युनाइटेडले घरेलु मैदानमा रेलिगेसन क्षेत्रनजिक रहेको वेस्टह्याम युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १०ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

घरेलु मैदानमा युनाइटेड वेस्टह्यामलाई पराजित गर्दै शीर्ष चारको यात्रालाई बलियो बनाउने योजनामा हुनेछ । वेस्टह्यामलाई पराजित गर्न सके युनाइटेडले लेस्टर सिटीलाई ३ अंकले पछि पार्दै चौथो स्थानमा उक्लनेछ । बराबरीले पनि युनाइटेड १ स्थान माथि रहँदै चौथो स्थानमा उक्लनेछ । हारले भने युनाइटेड पाँचौ स्थानमा नै रहने छ ।

उच्च लयमा रहेको युनाइटेडका पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेज नै वेस्टह्यामविरुद्धको खेलमा नायक बन्न सक्नेछन् । जनवरीमा युनाइटेड आएयता, ब्रुनोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । उनलाई मार्कस रासफोर्ड, एन्थोनी मार्सियाल, पल पोग्वा, मासन ग्रीनवुड, नेमान्जा माटिस, ह्यारी मगाएरले साथ दिनेछन् ।

यता, वेस्टह्याम पनि युनाइटेडसँग अंक खोस्दै रेलिगेसन सुरक्षित गर्ने लक्ष्यमा हुनेछ । वेस्टह्याम ३७ अंक जोडेर १६औं स्थानमा रहेको छ । एक अंक हासिल गरेपनि वेस्ट ह्याम बच्ने पक्का हुनेछ । युनाइटेड ६२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्