इन्टर मिलानलाई दोस्रो स्थानमा उक्लने अवसर – Janadesh Daily | ePaper

इन्टर मिलानलाई दोस्रो स्थानमा उक्लने अवसर


एजेन्सी इटालियन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको इन्टर मिलानले घरेलु मैदानमा फियोरेन्टिनाको आतिथ्यता गर्दैछ ।

खेल नेपाली समयअनुसार राति १ः३० बजेपछि शुरु हुनेछ ।  फियोरेन्टिनामाथि जित हात पार्न सके इन्टर मिलानले एटलान्टालाई एक अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लने अवसर छ । तेस्रो स्थानमा रहेको इन्टरको ३४ खेलबाट ७२ अंक छ । एक खेल बढी खेलेको एटलान्टाको ७४ अंक छ ।

लाउटारो मार्टिनेज, रोमेलु लुकाकु, एलेक्सिस सान्चेज, एस्ले योङ, डिएगो गोडिन, भिक्टर मोसेस र क्रिस्टियानो विरागी जस्ता खेलाडीको साथ रहेको छ । फियोरेन्टिना पनि इन्टर मिलानलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । फियोरेन्टिना ४२ अंक जोडेर १२औं स्थानमा छ ।

अन्य खेल

पार्माविरुद्ध नेपोली (राति ११ः१५ बजे)

लेच्चेविरुद्ध ब्रेसिया (राति १ः३० बजे)

साम्पडोरियाविरुद्ध जिनोआ (राति १ः३० बजे)

एस्पालविरुद्ध रोमा (राति १ः३० बजे)

टोरिनोविरुद्ध हेलास भेरोना (राति १ः३० बजे)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्