म्यानचेस्टर बराबरीमा रोकियो – Janadesh Daily | ePaper

म्यानचेस्टर बराबरीमा रोकियो


एजेन्सी इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । युनाइटेड घरेलु मैदानमा वेस्टह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ओल्डट्राफोर्डको बुधबार राति भएको खेलमा वेस्टह्यामका माइकल एन्टेनियोले गोल गर्दा युनाइटेडका मासन ग्रीनवुडले गोल फर्काएका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा माइकल एन्टेनियोले पेनाल्टीमार्फत गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।

डिक्लिन राइसको प्रहारलाई पेनाल्टी बक्समा पल पोग्वाले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै वेस्टह्यामलाई पेनाल्टीको मौका दिएको थियो । जसलाई एन्टेनियोले सदुपयोग गरे ।

५१औं मिनेटमा घरेलु टोलीका मासन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्थोनी मार्सियालको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले वेस्टह्यामसँग अंक बाड्न बाध्य बन्यो ।

बराबरीपछि युनाइटेडले चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । चेल्सीसँग समान ६३ अंक रहेपनि युनाइटेड गोलअन्तरमा अघि बढेको हो । अब युनाइटेडले अन्तिम खेलमा लेस्टर सिटीसँग खेल्दैछ ।

यो खेलमा जित हात पारे युनाइटेडको शीर्ष चारको यात्रा सुरक्षित हुनेछ । हारले चेल्सी र वल्भ्सको नतिजाले युनाइटेडको शीर्ष चारको भविष्य निर्धारण गर्नेछ । लेस्टर ६२ अंक जोडेर पाँचौ स्थानमा छ । वेस्टह्याम ३८ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्