चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु – Janadesh Daily | ePaper

चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु


कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु को छविको परिणाम

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले जैविक विविधता संरक्षणँंगै जनावर र मानवबीचको द्वन्द्व समाधानका लागि वन मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । निकुञ्जभित्रका पुरिँदै जान थालेका ताल तलैयाको संरक्षणसँगै बाटोलगायतको पूर्वाधार निर्माणका लागि मन्त्रालयले कार्य अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

नगर कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो । पर्यटन प्रवद्र्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने उहाँको भनाइ थियो ।

निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरु पाइन्छन । सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड निकुञ्जमा सहजै हेर्न सकिन्छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज नजिकै रहेका बासिन्दाको आफनै खाले संस्कृति, परम्परा र चालचलन रहेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्