भारतीय सांसदको रहस्यमय मृत्यु, होटलमा मृत फेला – Janadesh Daily | ePaper

भारतीय सांसदको रहस्यमय मृत्यु, होटलमा मृत फेला


अन्तर्राष्ट्रिय अपडेट ।

भारतमा एक सांसदको रहस्यमय मृत्यु भएको छ । लोकसभा सदस्य मोहन डेलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् ।

डेलकरको शव होटल सी ग्रीनमा फेला परेको थियो । प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ ।

डेलकरको शव सोमबारै पोष्टमार्टमका लागि पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए ।

डेलकरको परिवारमा पत्नी कालाबेन डेलकर, दुई छोराछोरी अभिनव र दिविता रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्