राजीनामा दिएको हल्ला चलेपछि अग्नि खरेलले खोले मुख – Janadesh Daily | ePaper

राजीनामा दिएको हल्ला चलेपछि अग्नि खरेलले खोले मुख


जनादेश, काठमाडौँ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।

आज बिहानैदेखि राजीनामा दिएको चर्चा चलेपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको, दिनुपर्ने परिस्थिति नरहेको र राजीनामा दिने सोचमा समेत नरहेको बताएका हुन् ।

आफुले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटकसमेत नसोधि समाचार आएको भन्दै उनले दुःख लागेको पनि बताएका छन् ।

विभिन्न अनलाइन माध्यमहरुले अग्नि खरेलको राजीनामा आएको समाचार प्रकाशित गरेका थिए । प्रधानमन्त्री केपी ‌ओलीले गरेको संसद विघटनको बचाउ गर्न नसकेको र प्रतिकुल अवस्था आउन लागेपछि ओलीको निर्देशनमा महान्यायाधीवक्ताले राजीनामा दिएको चर्चा चलेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्