कोरोना प्रभावितलाई खाद्यान्न सहयोग – Janadesh Daily | ePaper

कोरोना प्रभावितलाई खाद्यान्न सहयोग


जनादेश काठमाण्डौ ।

मुस्ताङको लोमन्थाङमा सञ्चालित पाल ऐ हाम नामग्याल गुम्बा(विद्यालय)ले पोखरा महानगरपालिका–१४ भित्रका कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको सो गुम्बाले बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।

पोखरा १४ को विजय बस्ती , बेलचौतारा, रातो डाँडा, विजयपुर, आनन्द, घट्टेकुलो, साधनामार्ग र नया बस्तीमा बस्दै आएका भूमिहीन तथा दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराएको गुम्बाका प्रधानाध्यापक ग्याचो लामाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियता तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापामगरको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । यसअघि गुम्बाले कोरोना रोकथामका लागि प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोषमा रु एक लाख २० हजार सहयोग गरिसकेको छ ।

हालै वर्षाका कारण घरबार गुमाएका परिवारलाई समेत खाद्यान्न सामग्री वितरण गरिरहेको जनाएको छ । मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कूल हिउँदको समयमा भने पोखरा महानगरपालिका–१८ खपौदीमा सञ्चालन गरिँदै आइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्