जसपालाई दाहाल-नेपालको प्रस्ताव : सहकार्य गरेर अघि बढौं – Janadesh Daily | ePaper

जसपालाई दाहाल-नेपालको प्रस्ताव : सहकार्य गरेर अघि बढौं


जनादेश, काठमाडौं ।

नेकपा दाहाल-नेपाल पक्ष र जनता समाजवादी पार्टी, नेपालबीच सत्ता सहकार्यबारे छलफल भएको छ ।

बिहीबार बिहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र जसपाका नेताबीच भएको भेटवार्तामा सहकार्यबारे छलफल भएको बताइएको छ ।

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि विकसित राजनीतिक घटनाक्रमबारे दुई समूहबीच छलफल भएको जनाइएको छ ।

छलफलमा प्रचण्ड–माधवले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरधर शक्ति मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको बताउँदै नेता राजेन्द्र श्रेष्ठले भने ‘उहाँहरूले संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति मिलेर अगाडि बढ्नुपर्छ। सहकार्य गरेर अघि बढौं भन्ने प्रस्ताव गर्नुभयो, हामीले पार्टीभित्र छलफल गरेर जवाफ दिन्छौं भनेका छौं । बाबुराम जी पनि उपचारका लागि बाहिर हुनुहुन्छ। अकोश जी र उपेन्द्र जी पनि बाहिर हुनुहुन्छ, उहाँहरू आएपछि छलफल गर्छौं।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्