प्रचण्डलाई गौतमको प्रस्ताव : ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्री चयन गरौं – Janadesh Daily | ePaper

प्रचण्डलाई गौतमको प्रस्ताव : ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्री चयन गरौं


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नयाँ प्रधानमन्त्री नेकपाभित्रबाटै चयन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका गौतमले ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गौतमबीच झण्डै एक घण्टा लामो छलफल चलेको थियो । अध्यक्ष प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै अहिलेकै अवस्थामा भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने जनाएका छन् । संसद् विघटन भएसँगै गौतमले कुनै पनि समूहमा सक्रियता देखाएका थिएनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्