दुर्व्यवहार गरेको भन्दै पल साहविरुद्ध उजुरी, पल भन्छन्- ममाथि नै भएको हो – Janadesh Daily | ePaper

दुर्व्यवहार गरेको भन्दै पल साहविरुद्ध उजुरी, पल भन्छन्- ममाथि नै भएको हो


जनादेश अपडेट ।

अभिनेता पल शाहलाई कारबाही गर्न माग गर्दै सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ। नायक शाहले झन्डै आफ्नो ज्यान लिएको भन्दै चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी हालेका हुन्।

निवेदनमा म्युजिक भिडिओ सुटिङका लागि धरान आएका अभिनेता पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूलाई कुटेको प्रधानले आरोप लगाएका छन्।

यही फागुन १३ गते राति धरानस्थित एक होटलमा खाना खाने क्रममा नायक पललाई आफूले एक कार्यक्रममा अतिथिका रूपमा निमन्त्रणा गरेको तर आउन नमानेपछि फेसबुकको पोस्ट हटाइदिन्छु भन्दा नायक पलको निर्देशनमा उनका सहयोगी जोशीले आक्रमण गरेको प्रधानले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ। उनले दुवै जनालाई विपक्षी बनाएका छन्।

‘कुटपिट गर्न थालेपछि वरपरका मानिसहरूले छुट्याइ ज्यान जोगादिएको’ उनको भनाइ छ। यस विषयमा छलफल गर्न आज (शुक्रबार) दिउँसो प्रहरीले नायक पललाई बोलाएको बताइएको छ।

पलले भने दुर्व्यवहार आफूमाथि भएको बताएका छन् । पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् । अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजुरी दिएको खबर सार्वजनिक भएसँगै उनले खण्डन गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्