ओली क्याम्पमा ठूलै पहिरो जाने तयारी – Janadesh Daily | ePaper

ओली क्याम्पमा ठूलै पहिरो जाने तयारी


जनादेश, काठमाण्डौ । प्रतिनिधिसभाको हत्या प्रयास गरेका केपी ओली क्याम्पमा ठूलो विद्रोह पैदा भएको छ । केपीलाई यथास्थितिमा छाडा छोड्दा फेरि शेरबहादुर देउवाँग मिलेर प्रतिनिधिसभाको मृत्यु, असमयमै चुनावको घोषणा हुने खतरा रहेको भन्दै प्रचण्ड माधव पक्षमा संगठित रुपमा आउने तयारी गरेका छन् ।

मन्त्री बन्नका लागि ओली क्याम्पमा पछि लागेका कारण प्रचण्ड पक्षको विश्वास गुमाएका टोपबहादुर रायमाझीले यदि फेरि पुरानै विश्वास पैदा हुन्छ, मन्त्री र राजनीतिक भविस्य निर्धारण हुन्छ भने १६ जना ओली क्याम्पका संघीय सांसद प्रचण्ड पक्षमा तत्काल ल्याउनसक्ने बताएका छन् ।

केपी ओलीको नेतृत्वमा लामो समय सरकारमा रहने विश्वासमा रहेका रायमाझीलाई सर्वाेच्च अदालतले प्रधानमन्त्रको प्रतिनिधिसभा विघटन गरेपछि विक्षिप्त भएर भित्तामा टाउको ठोकाएको उनको पारिवारिक स्रोतले बताएको छ । अहिले सामान्य अवस्थामा छन् । यदि प्रचण्डले बोलाएर भावी मन्त्री बनाए वा आफूसँग पछि लागेर आउनेको राजनीतिक भविस्यको ग्यारेण्टी गरेमा केपी ओलीमा पहिरो ल्याइदिने उनले आफू निकटलाई बताएका छन् ।

राम बहादुर थापा बादलको पनि हालत खराब छ । युवासंघबाट भएको अपमान र उनको साथमा रहेका युवाहरुले नै साथ छोडेपछि उनि निरास भएकाछन् । वोली समुहमा वोलीपछिको दोस्रो वरियता खोजेका बादललाई वोलीले टेरपुच्छर लगाएकाछैनन् । वादलको पक्षमा जनमत र कार्यकर्ता नभएको थाहा पाएपछि वोली समुहले नै बादललाई आफुसंग राख्नुको कुनै औचित्य नहुने बताउँदै आएका छन् । उनले पनि वोली विरुद्ध आउने अविस्वासको प्रस्तावको परिणाम हेरेर निर्णय लिन सक्ने बादल निकट स्रोतले बताएकोछ।

लेखजाज भट्टले पनि आफु वोली समुहबाट ढिलो चाडो पाखा लगाइने हुँदा नयाँ तरिकाले सोच्नु पर्ने आफ्न्त निकटसंग बताएकाछन् । वोली विरुद्ध आउने अविस्वासको प्रस्तावको परिणाम हेरेर निर्णय लिने उनको सोंच छ ।

ओली सरकारका मन्त्री प्रभु साहले पनि केपी समूहमा बस्न सहज नहुने, निस्सासिने अवस्था रहेकाले आफू प्रचण्ड पक्षमा नै फर्कने बताउन थालेका छन् ।झिल्कोबाट साभार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्