लेखक उपाध्यायको ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ सार्वजनिक – Janadesh Daily | ePaper

लेखक उपाध्यायको ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ सार्वजनिक


काठमाडौँ । माक्र्सवादी लेखक गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ आज सार्वजनिक भएको छ ।

जनता सञ्चार गृहले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताद्वय घनश्याम भुसाल र पम्फा भुसालले आज सो पुस्तक सार्वजनिक गर्नुभएको हो । सोही अवसरमा नेकपाका नेता कृष्ण केसीले लेख्नुभएको जनता नामक पुस्तक पनि सार्वजनिक गरियो ।

सो अवसरमा अध्यक्ष दाहालले ज्ञानको उच्चतम संयोजनबाट नै सहज रुपमा राज्य र पार्टी सञ्चालन हुने बताउनुभयो । उहाँले युवा, प्रौढ र वृद्ध तीनवटै उमेर समूहको समुचित सन्तुलनसहितको पार्टी जरुरी रहेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले जनपक्षीय नेतृत्व ज्ञान हासिल गरेको र त्यसलाई कार्यान्वयन गर्ने क्षमता भएको हुनुपर्ने र कसैलाई पार्टीको नेतृत्व गर भनेर उभ्याइ दिँदैमा त्यसले गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा नेता घनश्याम भुसालले माथिल्लो तहदेखि स्थानीय तहसम्म समाजवादका एजेण्डा राखेर मानिसको सोचाइको स्तरमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

अर्का नेता पम्फा भुसालले युवा, प्रौढ र अनुभवशील नेता भएको पार्टी मात्र परिपक्क हुने धारणा व्यक्त गर्नुभयो । उहाँले समाज परिवर्तनका लागि सही ज्ञान, सोचाइ र विचारसहितको नेतृत्वको आवश्यक पर्ने स्पष्ट पार्नुभयो । नेकपाका केन्द्रीय सदस्य एवं जनता सञ्चार गृहका अध्यक्ष डा विजयकुमार पौडेलले समाजमा देखिएका भ्रष्ट मानसिकताका विरुद्ध सबैको साथ र सहयोग रहनुपर्ने बताउनुभयो । कार्यक्रममा लेखकद्वय उपाध्याय र केसीले आआफ्नो पुस्तकका बारेमा जानकारी दिनुभएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्