विप्लव समूहका धर्मेन्द्र बाँस्तोलासहित १ सय ७० नेता कार्यकर्ता आज रिहा हुँदै – Janadesh Daily | ePaper

विप्लव समूहका धर्मेन्द्र बाँस्तोलासहित १ सय ७० नेता कार्यकर्ता आज रिहा हुँदै


जनादेश अपडेट ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबार अर्थात् आज दिनभरमा हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ ।

गृह मन्त्रालयले बिहीबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले जनादेशसँग भने, ‘ जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी गरिएको छ।’ तीमध्ये १८ जना अझै हिरासतमै छन् ।

त्यस्तै मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।

 

अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले बताए । उनले भने– ‘अदालतमा चलेको मुद्दाको हकमा आवश्यक सहजीकरण गरिदिने भनेका छौं ।’

विहिबार साँझमात्र सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

बैठकले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने गर्ने निर्णय गर्दै कार्यकर्ता रिहाई प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्