नारायणी अस्पतालमा मृत्यु भएका वृृद्धमा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

नारायणी अस्पतालमा मृत्यु भएका वृृद्धमा कोरोना संक्रमण पुष्टि


जनादेश, काठमाडौं ।

नारायणी अस्पतालमा मृत्यु भएका वीरगञ्जका ७० वर्षका एक जना वृृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते नारयणी अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको हो । उनको मृत्यु लगत्तै अस्पतालले नमूना संकलन गरी परीक्षणका लागि kठाएको थियो । सो परीक्षणमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

संक्रकणका कारण मृत्यु भएका उनको शव सेनाले व्यवस्थापन गरिरहेको अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्