बलिउड अभिनेता अमिताभ बच्चन कोेरोना मुक्त – Janadesh Daily | ePaper

बलिउड अभिनेता अमिताभ बच्चन कोेरोना मुक्त


एजेन्सी ।

विगत १२ दिनदेखि मुम्बाईको नानावटी अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका बलिउडका बिग बोस अमिताभ बच्चनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

बच्चनको कोरोना परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोरोना मुक्त भएका उनलाई आज साँझसम्म डिस्चार्ज गरिने बताइएको छ ।

कोरोना संक्रमित उनका छोरा तथा अभिनेता अधिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्