आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४३ पुग्यो – Janadesh Daily | ePaper

आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४३ पुग्यो


जनादेश, काठमाडौं ।

आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १५६ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ । नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्