कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना न्युन छ : डब्ल्यूएचओ – Janadesh Daily | ePaper

कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना न्युन छ : डब्ल्यूएचओ


जनादेश, काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना कम रहेको बताएको छ ।

डब्ल्यूएचओका इमेर्जेन्सिज प्रोग्रामका प्रमुख माइक रयानले कोरोनाको खोप निर्माणमा प्रगति भइरहे पनि २०२१ भन्दा अघि खोपको निर्माण हुने अपेक्षा गर्न नसकिने बताएका छन् । महामारीको यस घडिमा कोरोना भाइरस नियन्त्रणको लागि कडा कदम चाल्नु नै महत्वपूर्ण रहेको रयानले जनाएका छन् ।

यस्तै, डब्ल्यूएचओले खोप निर्माणपछि सबै मुलुकमा न्यायोचित वितरण होस् भन्ने सुनिश्चित गर्नको लागि काम गरिरहेको समेत उनले जानकारी दिए । विभिन्न मुलुकमा निर्माण भएको खोप परीक्षण भइरहे पनि अहिलेसम्म कुनै खोप पनि सुरक्षा र प्रतिरोधी क्षमता विकासको मामिलामा सफल नदेखिएको रयानले जनाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्