जनादेश अपडेट ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ वटा प्रश्न गर्दै विधान उल्लंघनको निष्कर्ष निकाल्दै स्पष्टीकरण पत्र लेखेका छन्।
बिहीबार साँझ एमाले पार्टी कार्यालयमा पठाइएको पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जबाफ दिनुपर्ने आवश्यक रहेकाले स्पष्टीकरण पत्र लेख्नु परेको उल्लेख गरिएको छ ।
पत्रमा नेपालले ओलीलाई प्रश्न गरेका छन्, ‘केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनु भएन? यसरी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने तपाईं को गलत मनसाय रहेको छ किन नभन्ने ?’
नेपालले कार्यकर्ताको पार्टी एक हुनुपर्ने चाहना भएपनि त्यसलाई ओलीले बेवास्ता गरेको पत्रमा उल्लेख गरेका छन्। उनले ओलीलाई प्रश्न गरेका छन,‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो?’
नेपालका ओलीलाई थप प्रश्न छ, ‘फागुन २८ को निर्णय बदर किन चाहनुभएन? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने?’
चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेपाल समूहका चार जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाएका हुन् ।
हेर्नुस् जवाफको पूर्णपाठः
[embeddoc url=”http://janadeshdaily.com/wp-content/uploads/2021/03/madhav-nepal-clarification-1.pdf”]