एजेन्सी । इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो ।
रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए ।
खेलको १०औं मिनेटमा निकोला कालिनिकको गोलबाट रोमाले खेलमा अग्रता बनाएको थियो । २४औं मिनेटमा अल्ब्रेटोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा कार्लेस पेरेसले गोल गरेपछि रोमाले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो ।
४७औं मिनेटमा कोलारोभले गोल गर्दै रोमालाई ३–१ ले अघि बढाए । ५२औं मिनेटमा ब्रुनो पेरेसले गोल गर्दै रोमालाई फराकिलो जिततर्फ अघि बढाए । ७५औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै रोमाले खेलमा ५–१ को फराकिलो अग्रता बनायो ।
८६औं मिनेटमा घरेलु टोली एस्पाल १० खेलाडीमा समेटियो । केभिन बोनीफाजी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । अन्तिम समयमा निकोलो जानिओलोले गोल गर्दै रोमालाई ६–१ को फराकिलो जित दिलाए । जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ६१ अंक जोडेको छ । पराजित एस्पाल १९ अंक जोडेर पुछारमा छ ।
अन्य खेल
पार्माविरुद्ध नेपोली (२–१)
लेच्चेविरुद्ध ब्रेसिया (३–१)
साम्पडोरियाविरुद्ध जिनोआ (१–२)
टोरिनोविरुद्ध हेलास भेरोना (१–१)