इन्टर मिलान रोकियो – Janadesh Daily | ePaper

इन्टर मिलान रोकियो


एजेन्सी इटालियन सिरी ‘ए’ मा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । फियोरेन्टिनासँग बराबरीमा रोकिएसँगै इन्टरले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाएको छ ।

घरेलु मैदानमा इन्टरले फियोरेन्टिनालाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पाँचौ मिनेटमा इन्टर मिलानका क्रिस्टियन इरिक्सनको फ्रिकिकलाई मार्टिन कासर्सलाई आत्मघाती गोल हुन लागेपनि गोलरक्षक पिएट्रो टेरासियानोले बचाए । रिवाउन्डमा रोमेलु लुकाकुको प्रहारलाई पनि गोलरक्षक पिएट्रोले विफल पारे ।

१०औं मिनेटमा एन्टेनियो क्यानड्रेभाको क्रसमा निकोलो वारेल्लाको प्रहारमा गोलरक्षक पिएट्रो नै बाधक बन्दा इन्टर अग्रता लिनबाट चुक्यो । १८औं मिनेटमा रोमेलु लुकाकुको प्रहार पोस्टमा लाग्दै बाहिरिदा इन्टरले अग्रता लिने अवसर गुमायो । ५२औं मिनेटमा लुकाकुको अर्काे प्रहार पनि पोस्टमा लाग्दै बाहिरियो ।

५६औं मिनेटमा फियोरेन्टिनाले गोल गर्ने अवसर खेर फाल्यो । त्यसपछि दुवै टोलीले केही आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

बराबरीसँगै इन्टर ३५ खेलबाट ७३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ । फियोरेन्टिना ४३ अंक जोडेर ११औं स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्