बैकल्पिक सरकारको रस्सा-कस्सीः बाबुराम प्रधानमन्त्री बन्ने सम्भावना कति ! – Janadesh Daily | ePaper

बैकल्पिक सरकारको रस्सा-कस्सीः बाबुराम प्रधानमन्त्री बन्ने सम्भावना कति !


जनादेश विश्लेषण ।

ओली सरकार ढाल्ने प्रयास जारी रहँदा भावी प्रधानमन्त्री को भन्ने चर्चा पनि चुलिएको छ । नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि जनता समाजवादी पार्टीले स्वागत गरेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गराएका थिए ।

कांग्रेसले प्रधानमन्त्रीको दाबी गरेपछि मन नपराएको र प्रतिनिधिसभामा बहुमत जुटाउन निर्णायक बनेको जसपामा गठबन्धन सरकारको नेतृत्व आफै दाबी गर्नुपर्ने मत बलियो देखिएको जानकारहरुले बताएका छन् ।

पार्टीको निर्णय लिएर बैकल्पिक सरकारको समीकरण जुटाउन आइतबार जसपा अध्यक्ष महन्थ ठाकुरको निवास पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ठाकुरले असन्तुष्टि जनाए ।

आइतबार बिहानै हात्तीवनस्थित ठाकुर निवासमा पुगेका रामचन्द्र निराश बने । भेटमा ठाकुरले गठबन्धन सरकार भन्ने, तर पहिल्यै आफ्नो दलको नेतृत्वमा भनेर निर्णय गर्ने भनेर असन्तुष्टि जनाएका छन् । यसको अर्थ जसपा पनि प्रधानमन्त्रीको दाबेदार हो भन्ने हो ।

जसपाले सरकारको नेतृत्व पाउने सम्भावना कति !
प्रधानमन्त्रीमा दावी गरेपनि जसपा संसदको चौथो ठूलो दल हो । निलम्बन वा कारवाहीमा परेका वाहेक सत्तारुढ एमालेका १२१ सांसद छन् भने कांग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसद छन् । जसपाका ३२ सांसद छन् । चौथो दल भएपनि सरकार बनाउन जसपा सबैभन्दा महत्वपूर्ण दल हो । सरकार गठनका लागि चाहिने बहुमत १३८ पुर्‍याउन एमाले वा कांग्रेस–माओवादी केन्द्र दुवै गठबन्धनलाई जसपाको साथ अनिवार्य चाहिन्छ ।

प्रतिनिधिसभामा १२१ सांसद रहेका केपी ओलीका लागि विश्वासको मत सिद्ध गर्न मात्र १७ सांसद चाहिएको छ । त्यसका लागि सके सग्लो जसपाको समर्थन लिने, नसकेमा फुटाएर भए पनि वैकल्पिक गठबन्धन बनाउन नदिने ओलीको रणनीति देखिन्छ । सोहीअनुसार जसपाको ठाकुर पक्षसँग प्रधानमन्त्री ओलीले संवाद बढाइरहेका छन् ।

आफ्नो सरकार ढल्ने र अरुको हातमा सत्ता जाने स्थिति आएमा महन्थलाई नै प्रधानमन्त्री बनाएर भए पनि एमालेलाई सरकारमा राखिराख्ने प्रधानमन्त्री ओलीले खेल खेल्न सक्ने सम्भावना रहेको केही नेताहरुको तर्क छ । त्यसैले नै प्रधानमन्त्रीमा जसपाको दाबी अश्वभाविक होइन ।

प्रधानमन्त्रीका लागि जसपाको उम्मेद्वार को हो !
जसपामा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुरलाई हेरिएको छ । तर यी दुई नेताले फरक फरक धार समातेका छन् । र पार्टीको औपचारिक बैठक बसेर सरकारको नेतृत्व दावी गर्ने निर्णय भएको छैन । भट्टराई निकट जसपाका एक नेताले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारकै निरन्तरता हुने गरी प्रधानमन्त्रीमा दाबी नगर्ने बताए ।

दुई समूहका दुई दाउ
ओलीतिर मिले महन्थलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र कांग्रेस-माओवादीतिर मिले बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रस्ताव जसपाका नेताहरुले राख्ने रणनीति लिएका छन् । बाबुराम भट्टराईको नेतृत्वमा एमाले-जसपा गठबन्धन बनाउन ओली र बाबुराम दुबै राजी छैनन् । यो अवस्थामा बाबुरामको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने त्यो कांग्रेस-माओवादी-जसपाको गठबन्धनमा बन्ने हो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्