नेपाल पक्षका नेता तान्न के सम्म गर्दैछन् ओली – Janadesh Daily | ePaper

नेपाल पक्षका नेता तान्न के सम्म गर्दैछन् ओली


जनादेश मिडिया वाच ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् ।

आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन् ।

‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ । यद्यपि उहाँहरुको कुरा खास अर्थपूर्ण छैन,’ नेपाल पक्षका एक नेताले भने । ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन् । खनालको स्वास्थ्यावस्था बुझ्ने बाहनामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन् ।

नागरिक दैनिकबाट साभार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्