ओली-महन्थ मित्रता पहिल्यै सुरु भएको खुलासा, चुनावमा सहयात्रासम्मको योजना – Janadesh Daily | ePaper

ओली-महन्थ मित्रता पहिल्यै सुरु भएको खुलासा, चुनावमा सहयात्रासम्मको योजना


जनादेश मिडिया वाच ।

कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ । ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपा नेताहरु बताउँछन् ।

ठाकुरनिकट नेताहरु प्रधानमन्त्रीसँगको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन् । ‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुर निकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो । त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पुरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि ठाकुरजी प्रधानमन्त्रप्रति आशावादी देखिनुभएको हो ।

मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ । यो भेटघाट कहिले एक्ला एक्लै र कहिले संयुक्त हुने गरेको छ । प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली काँग्रेसले बोलाएका तीन दलको बैठकमा पनि देखियो । काँग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन् ।

नागरिक दैनिकबाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्