लुम्बिनीमा सरकार फेर्ने प्रचण्डको उद्घोषपछि शंकर पोखरेललाई तनाव, लेखेः’विध्वंसक बन्न सक्छ’ – Janadesh Daily | ePaper

लुम्बिनीमा सरकार फेर्ने प्रचण्डको उद्घोषपछि शंकर पोखरेललाई तनाव, लेखेः’विध्वंसक बन्न सक्छ’


जनादेश सोसलम मिडिया वाच ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार पनि फेर्न आफू लागिपरेको बताएपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई तनाव भएको बुझिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले नाम नलिइकनै प्रचण्डको आलोचना गर्दै आफू तनावमा रहेको खुलासा गरेका हुन् ।

प्रधानमन्त्री केपी ओली गुटका मुख्य नेता मध्ये एक मानिने पोखरेलले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्की समेत दिन्छ, त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र बन्न सक्छ।’


प्रचण्डले शनिबार मात्र गण्डकी र लुम्बिनीमा सरकार परिवर्तन हुने संकेत गरेका थिए । अखिल नेपाल शिक्षक संगठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले अहिले सरकार गठन र पुनर्गठनको प्रक्रिया अनुसार शुक्रबार कर्णालीमा सरकारले अविश्वासको प्रस्ताव फेल गराएको भन्दै अब गण्डकी र लुम्बिनीमा सरकार परिवर्तन हुने संकेत गरेका हुन्।

‘साथीहरु, हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुँगियो ? तपाईँहरुले थाहा पाइसक्नुभएको छ। अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। र, बहुमतले सरकार परिवर्तनको लागि नयाँ मुख्यमन्त्रीको नामसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ’, प्रचण्डले भने, ‘लुम्बिनीमा पनि सरकार परिवर्तनको लागि करिबकरिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ।’

प्रचण्डले प्रदेशबाट अब केन्द्रमा भएको अन्यौलता र अराजकताको स्थिति अन्त्य गर्न लागि परेकोसमेत बताए। ‘हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौं’, प्रचण्डले भने। अध्यक्ष प्रचण्डले पार्टी छाडेर जानेलाई फकाउन मन लाग्न छाडेको बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्