जनादेश अपडेट ।
नेकपा एमालेका उप-महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई आफ्नो शक्तिशाली हैसियतको विवेकहीन प्रयोग नगर्न आग्रह गरेका छन् ।
अध्यक्ष एवं संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारबाही नगर्ने भनी सोधेको स्पष्टीकरणको लिखित जवाफ दिँदै भुसालले आफूले विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका हुन् । २ जेठ २०७५ बाट एमाले पार्टी जीवन पुनः आरम्भ गर्नुपर्ने वैधानिक, कानूनी, राजनीतिक र व्यवहारिक तथ्यलाई इन्कार गर्दै पार्टीलाई विभाजित गर्न सङ्ठित प्रयास भएपछि राष्ट्रिय भेला गर्न आफूले पनि भूमिका खेलेको जिकिर गर्दै भुसालले बिहीबार संसदीय दलमा बुझाएको स्पष्टीकरणमा भुसालले पार्टी विभाजन भए नयाँ पीँढीले असाधारण मूल्य चुकाउनुपर्ने बताएका छन्।
उक्त भेला पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरुको रक्षाका लागि भएको भन्दै उनले भनेका छन्, ‘यस वापत ब्यहोर्नुपर्ने कुनै पनि परिणाम ब्यहोर्न आफू तयार नै रहेको कुरा अनुरोध गर्छु ।’
पार्टीमा बदलिँदो नेपाली समाजको चरित्रलाई ठम्याउने र त्यसअनुसार पार्टीको कार्यदिशा र सिद्धान्तहरु निर्माणमा बहस तथा विवाद भएको र नवौँ महाधिवेशनले आफूसहितका पक्षको विचार पारित गरेको भुसालले स्मरण गरेका छन् । तर पार्टीले उक्त कार्यदिशा र सिद्धान्तको कार्यान्वयन नगरेको विषयमा आफूले आवाज उठाउँदै आएको भन्दै उनले लेखेका छन्, ‘त्यसक्रममा मेरो आलोचना र विरोध हुँदै आएको कुरामा म स्पष्ट छु । आफ्नो त्यस क्रियाकलाप वापत हुन जाने परिणामलाई ब्यहोर्न तयार छु ।’
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपमहासचिव एवं सांसद भुसालले स्पष्टीकरणमा पार्टीमा देखिएको समस्या र त्यसले उत्पन्न गराएको विभाजनको खतरा टार्न पार्टी अध्यक्ष र संसदीय दलको नेताका रुपमा केपी शर्मा ओलीकै भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
पार्टीलाई जोगाउन व्यक्तिगत रुपमा आफूले गर्नुपर्ने त्यागका लागि आफू तयार रहेको भन्दै उनले भनेका छन्, ‘तपाईंको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु ।’
उनले पार्टीलाई जोगाउन व्यक्तिगतरुपमा आफूले के के त्याग गर्नुपर्ने हो, त्यो सबैका लागि आफू तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘त्यसका लागि तपाईँको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु।’
जवाफको पूर्णपाठः
[embeddoc url=”http://janadeshdaily.com/wp-content/uploads/2021/04/Clarification-Ghanashyam.pdf”]