उद्घाटन र शिलान्यास गर्दै हिँडेका ओलीलाई कमल थापाले दिए चेतावनीपूर्ण सुझाव – Janadesh Daily | ePaper

उद्घाटन र शिलान्यास गर्दै हिँडेका ओलीलाई कमल थापाले दिए चेतावनीपूर्ण सुझाव


जनादेश सोसल मिडिया वाच ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले अन्य काम छाडेर कोरोना महामारी नियन्त्रणका ध्यान केन्द्रित गर्न चेतावनीपूर्ण सुझाव दिएका छन् ।

कोरोना अनियन्त्रित र विकराल बन्दै गएकाले जनता सहयोग र भरोसाको खोजीमा रहेको बेला आफै भीडभाड गरिरहेका प्रधानमन्त्री ओलीलाई त्यसो नगर्न अध्यक्ष थापाको सुझाव छ ।

अहिले शिलान्यास र उद्घाटन गर्दै हिँड्ने समय नभएको उनको भनाई छ । अहिलेका लागि महामारी नियन्त्रणतर्फ ध्यान दिन थापाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु,’ थापाले सामाजिक सञ्जालतर्फत भनेका छन्, ‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ। यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्। दुःखको बेला जनता भरोसा खोजिरहेछन्।’

विज्ञहरुले संक्रमण विस्तार हुनबाट जोगिनका लागि भीडभाड हुने गतिविधि रोक्न, सबैतिर स्वास्थ्य मापदण्ड पालना गर्न–गराउन र त्यसका लागि सबैलाई सचेत बनाउन आग्रह गरिरहेका छन्।

जनस्वास्थ्यविद्, संक्रामक रोग विशेषज्ञ एवं चिकित्सकहरुले देखाएको भयावह अवस्थालाई भने सरकार स्वयंले बेवास्ता गर्दै आएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्