बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचरा’ आज साँझ डिज्नी प्लस हटस्टारबाट प्रदर्शनमा आउँदैछ । जुन १४ मा आत्महत्या गरेका अभिनेता सुशान्तका फ्यान, उनका परिवार र बलिउडका लागि यो फिल्म निकै प्रतिक्षित थियो ।
सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रिया चक्रवर्तीले फिल्मलाई लिएर भावुक स्टाटस लेखेकी छिन् । सुशान्तको फिल्म हेर्न साहस आवश्यक रहेको उनले स्टाटसमा उल्लेख गरेकी छिन् । ‘तिमीलाई हेर्न मलाई साहस चाहिन्छ । तिमी मसँगै छौ भन्ने मलाई थाहा छ । तिम्रो प्रेमको उत्वस मनाउनेछु । तिमी मेरो जीवनको हिरो हौ । मलाई थाहा छ तिमी हामीसँगै हेरिरहेका हुनेछौ,’ उनले लेखेकी छिन् ।
पछिल्लो समय रियालाई सुशान्तको आत्महत्याको दोष लगाउँदै बलात्कारकाे धम्की समेत आएकाे थियाे । यसबारे अनुसन्धानका लागि उनले सिबिआईमा अनुसन्धानका लागि अनुरोध पनि गरेकी थिइन् ।