संसद भंग गरेपछि ओली-भण्डारीलाई कांग्रेस प्रवक्ताको चेतावनीः महंगो पर्नेछ, याद रहोस् – Janadesh Daily | ePaper

संसद भंग गरेपछि ओली-भण्डारीलाई कांग्रेस प्रवक्ताको चेतावनीः महंगो पर्नेछ, याद रहोस्


जनादेश अपडेट ।

पुनः संसद विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरिएपछि विपक्षी दलहरुले आपत्त जनाएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री र राष्ट्रपतिलाई कोरोना महामारीका बेला घोषणा गरिएको मध्यावधि चुनाव महंगो पर्ने चेतावनी दिएका छन् ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गरेकी छन् ।

कांग्रेस प्रवक्ता शर्माले ट्वीट मार्फत त्यसमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’

उनले अर्को ट्वीटमा लेखेका छन्, ‘ महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’

उनले जित जनताकै हुने बताउँदै प्रधानमन्त्रीलाई पनि चेतावनी दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्