जोखिम सतर्कतासँगै आर्थिक गतिविधि – Janadesh Daily | ePaper

जोखिम सतर्कतासँगै आर्थिक गतिविधि


जनादेश काठमाण्डौ ।


अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै आर्थिक तथा व्यावसायिक क्रियाकलाप तीव्र बनाएर पुरानै अवस्थामा पु¥याइने बताउनुभभएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूूरी कायम गर्ने कार्यमा सचेत रहन सबैमा आग्रह गर्दै उहाँले कोरोनापछि भोकको समस्या सँगसँगै आउने स्थिति भएपछि कोरोनाबाट सतर्क हुँदै आर्थिक गतिविधि सक्रिय पार्नुपर्ने अवस्था आएको बताउनुभएको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले चलचित्र विकास बोर्डको निरीक्षणका क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले कोरोना सङ्क्रमणबाट जीवन रक्षा गर्न चालिएको बन्दाबन्दीको कदमबाट अर्थतन्त्रमा ठूलो असर परेको बताउनुभयो ।

मन्त्री खतिवडाले कोरोनाका कारण पूर्वनिर्धारित अन्य गतिविधि गर्न नसकिए पनि नीतिगत निर्णय गर्न आवश्यक तयारीमा लाग्न बोर्ड पदाधिकारीलाई सुझाव दिनुभयो ।

उहाँले असोज सम्ममा सामान्य अवस्थामा फर्कन सकिन्छ कि भन्ने अपेक्षा व्यक्त गर्दै चलचित्र क्षेत्रको लगानी सुरक्षित गर्ने विषयमा सरकार गम्भीर भएको समेत बताउनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्