लकडाउनको तीन महिनामा ५८ करोडको सूर्तिजन्य पदार्थ आयात – Janadesh Daily | ePaper

लकडाउनको तीन महिनामा ५८ करोडको सूर्तिजन्य पदार्थ आयात


जनादेश संवाददाता

सुर्तीजन्य पदार्थको प्रयोग घटाइ कर ...

घोराही  । नेपालमा लकडाउनको समयमा ५८ करोड रुपैयाँ बराबरको सूर्तिजन्य पदार्थ आयात भएको तथ्याङ्कले देखाएको छ । लकडाउन सुरु भएको आव ०७६/०७७ को चैत महिनादेखि जेठ महिनासम्ममा उक्त रकमको सूर्तिजन्य पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

अघिल्लो आव ०७५/०७६ को सोही अवधिमा भने ९० करोड रुपैयाँको सूर्तिजन्य पदार्थको आयात भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, लकडाउनको अवधिको आव ०७६/७७ को चैतदेखि असार महिनासम्म सूर्तिजन्य पदार्थबाट १ अर्ब ७१ करोड ३१ हजार अन्तशूल्क कर उठेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ ।

सोही अवधिमा चुरोटबाट भने ३ अर्ब ७२ करोड ४२ लाख, ५० हजार अन्तशूल्क कर संकलन भएको छ । विभागको तथ्याङ्कअनुसार अघिल्लो आव ०७५/७६ को सोही अवधिमा सूर्तिजन्य पर्दाथबाट २ अर्ब १७ करोड ७० लाख ९० हजार उठेको छ ।

यस समयमा चुरोटबाट भने ३ अर्ब ४४ करोड ५३ लाख ४२ हजार अन्तशूल्क कर संकलन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा प्रत्येक वर्ष २७ हजार व्यक्तिको मृत्यु धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारण हुने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्