जनादेश, रौतहट ।
काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएलगत्तै उनको सम्पर्कमा आएका एक सय बढी मानिसको पीसीआर टेस्ट गर्नुपर्ने र्भको छ । श्रीमती करेन्ट लागेपछि वडाध्यक्ष जिल्ला अस्पताल गौर पगेका थिए । करेन्ट लागेकी उनकी श्रीमतीको भने मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा एक सय भन्दा बढी मानिसहरु उपस्थित भएका थिए ।
कोरोना संक्रमित वडाअध्यक्षको सम्पर्कमा आउका मानिसको पहिचान गरी पीसीआर परीक्षण भइरहेको छ ।