हामी पार्टी फुट्न दिँदैनौँः पौडेल – Janadesh Daily | ePaper

हामी पार्टी फुट्न दिँदैनौँः पौडेल


जनादेश ,काठमाडौ ।

All should respect agreement

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गर्नुभयो ।

नेता पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुट्ने दाबी गर्दै आजको आवश्यकता पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताउनुभयो ।

युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ ।

दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागिपरेका छौँ ।”   रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्