बर्दियाको क्वारेन्टाइनमै एक युवकले गरे आत्महत्या – Janadesh Daily | ePaper

बर्दियाको क्वारेन्टाइनमै एक युवकले गरे आत्महत्या


जनादेश, बर्दिया ।

बर्दियास्थित ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक युवकले आइतबार राति आत्महत्या गरेका छन् ।

अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्त कहाँ आएका राम बहादुर सावदले क्वारेन्टाइन पछाडिको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् । सावदको शव तन्नाको पासोमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

करिब दश दिन अघि भारतको राजस्थानबाटआएका थिए । उनको आइतबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्ट भने आउँन बाँकी नै छ ।

रिपोर्ट आएपछि मात्र उनको शव घटनास्थलबाट निकालिने प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्