कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक लगाउन भारतद्वारा पत्राचार – Janadesh Daily | ePaper

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक लगाउन भारतद्वारा पत्राचार


जनादेश, काठमाडौं ।

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्र भारतीय भूमि रहेको दाबी गर्दै नेपालीको प्रवेश रोक्न भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको छ ।

नेपालीहरु अवैध रुपमा लुकीटिपी सो क्षेत्रमा प्रवेश गर्ने गरेको भारतल जनाएको छ । ‘बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

भारतले आफनो भूभाग दाबी गर्दै नेपालको कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका क्षेत्र कबजा गरेको छ । हालै मात्र नेपाल, सरकारले सो कब्जा भएको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको छ । जसका कारण नेपाल भारत सीमालाई लिएर दुई देश बिच विवाद बढिरहेको छ । नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्