स्कारपियोको ठक्करबाट दुई जनाको मृत्यु – Janadesh Daily | ePaper

स्कारपियोको ठक्करबाट दुई जनाको मृत्यु


जनादेश संवाददाता,

घोराही । दाङमा स्कारपियो जिपको ठक्करबाट घाईते भएका ५ जना मध्य दुई जनाको उपचारको क्रममा मृत्युभएको छ ।

लमही भालुबाङ सडक खण्डको राप्ती गाउँपालिका ४ पिपरि चोकमा लमही तर्फ आउदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले ५ जना पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

घाइते भएका मध्य पिपरिकै ५० बर्षिय राजकुमार चौधरी र ८ बर्षिय निशान चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

राजकुमारको कोहलपुर र निशानको बुटवलमा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अन्य तीनजना घाईते पिपरिकै ७ वर्षकी सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उहाँकी दुई वर्षकी छोरी लक्ष्मी चौधरीको बुटवलमा उपचार भइरहेको हो ।

चौधरी समुदायले गुरही सेलाउन जाने क्रममा जिपले ठक्कर दिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्