बैतडीमा सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०७ पुग्यो – Janadesh Daily | ePaper

बैतडीमा सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०७ पुग्यो


जनादेश, बैतडी ।

बैतडीमा एक सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि भएको छ ।

पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै पाटन नगरपालिकाका ५ जना पुरुष र एक जना सुत्केरी महिलामा कोरोना पुष्टि भएको हो भने बलात्कार आरोपमा जेल सजाय भोगिरहेका पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था भने समान्य रहेको जनाइएको छ ।

यससँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ । संक्रमितमध्ये २९७ जना घर फर्किसकेका छन् भने १० जना क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्