कर्णालीमा कोराना सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाँघ्यो    – Janadesh Daily | ePaper

कर्णालीमा कोराना सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाँघ्यो   


जनादेश संवाददाता,  ।

कर्णाली। आज मात्रै कर्णालीका ३१ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा दुल्लु नगरपालिका दैलेखका २८ चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालमा गरिएको परीक्षमा सल्यान कुमाख गाउँपालिकाका दुई र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरडिटी पिसिआर परीक्षणमा चिङ्गाड गाउँपालिकाको एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो ।

उहाँका अनुसार शनिबार २७, आइतबार २८ र आज ३१ सङ्क्रमित थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्या एक हजार ९१० पुगेको छ ।

१२ पुरुष र एक महिला सङ्क्रमित निको भएर घर फर्केसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या एक ६५९ पुगेको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्