एजेन्सी ।
इंग्ल्यान्डको राष्ट्रिय टोली तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् । यस्तै म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन र गोलरक्षक एडरसनले पनि व्यक्तिगत उपाधि जितेका छन् ।
लिग अवधिभर २३ गोल गरेका भार्डीले निकटतम प्रतिद्वन्द्वीलाई १ गोलले पछि पार्दै उपाधि जितेका हुन् । लिगको अन्तिम खेलमा २ गोल गरेका आर्सनल फरवार्ड पिएर एमेरिक औबामेयाङले २२ गोल गरे । अर्का इंग्लिस फरवार्ड ड्यानी इन्ग्सले पनि समान २२ गोल गरेका थिए । सिटीका रहीम स्टरलिङले २० तथा लिभरपुलका मोहमद सलाहले १९ गोल गर्न सफल रहे ।
म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर डे ब्रुएनले सिजनभर २० असिस्ट प्रदान गर्दै सर्वाधिक असिस्टको उपाधि जिते । उनले यसक्रममा एकै सिजनमा सर्वाधिक असिस्ट दिने कीर्तिमानको पनि बराबरी गरे । यसअघि आर्सनलका थिएरी हेनरीले पनि २० असिस्ट नै दिएका थिए ।
ब्राजिलियन गोलरक्षक एडरसनले सिजन अवधिभर १६ असिस्ट राख्दै गोल्डेन गोल्भ्स जिते । लिगको अन्तिम खेल बाँकी रहँदा एडरसन र बर्नलीका निक पोप समान १५ क्लिन सिटसहित दाबेदारमा थिए । तर बर्नलीले ब्राइटनसँग २-१ को हार बेहोरेपछि एडरसनले नर्विचमाथि ५-० जितमा क्लिनसिट राख्दै उपाधि जिते ।