काँग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट – Janadesh Daily | ePaper

काँग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट


काठमाडौँ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उहाँहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्