सञ्चार मन्त्रालयको वित्तीय प्रगति ८७ प्रतिशत    – Janadesh Daily | ePaper

सञ्चार मन्त्रालयको वित्तीय प्रगति ८७ प्रतिशत   


जनादेश संवाददाता,

काठमाडौँ ।  विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को प्रभावका बाबजुद पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आवमा ८७.३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारकातर्फबाट चालुतर्फ रु पाँच अर्ब ९६ लाख ४० हजार र पूँजीगततर्फ रु एक अर्ब ५५ करोड ३१ लाख गरी कुल रु छ अर्ब ५६ करोड २७ लाख ४० हजार विनियोजन भएको थियो । गत आवमा चालुतर्फ ९२ प्रतिशत र पूँजीगततर्फ ७२.१ प्रतिशत खर्च गर्न सफल भएको मन्त्रालयले जनाएको छ ।

गत आवमा चालुतर्फ रु चार अर्ब ६० करोड ९३ लाख ४७ हजार र पूँजीगततर्फ रु एक अर्ब ११ करोड ९७ लाख ५४ हजार खर्च भएको मन्त्रालयमा आज आयोजित आव २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रशासन महाशाखा प्रमुख राधिका अर्यालले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्