बारामा एक अर्बभन्दा बढी रकम फ्रिज    – Janadesh Daily | ePaper

बारामा एक अर्बभन्दा बढी रकम फ्रिज   


रासस 
बारा। बारामा गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ ।
बारामा झण्डै डेढ अर्व वजेट फ्रिज ...
जिल्लास्थित विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ ।

आर्थिक बर्ष २०७६÷०७७ मा सङ्घ र प्रदेश सरकारबाट प्राप्त कूल रकममध्ये रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका निमित्त प्रमुख पवन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षका लागि जिल्लाका विभिन्न कार्यालयमा सङ्घीय सरकारबाट प्राप्त भएको रकममध्ये रु ५७ करोड एक लाख ५४ हजार पाँच सय ४६ तथा प्रदेश सरकारबाट प्राप्त रकममध्ये रु ६८ करोड ९० लाख दुई हजार ९ सय ५९ गरी कूल रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको छ ।

निमित्त प्रमुख अधिकारीका अनुसार गत आर्थिक वर्षमा सङ्घबाट चालूतर्फ प्राप्त कूल रु नौ अर्ब १० करोड १९ लाख ७८ हजार सात सय १२ मध्ये आठ अर्व ८६ करोड ५७ लाख १२ हजार ८८ मात्र खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ९८ करोड २१ लाख ९० हजार ९ सय ९९ मध्ये रु ६४ करोड ८२ लाख ४३ हजार ८ सय ७६ खर्च भएको छ ।

यसैगरी प्रदेश सरकारबाट चालूतर्फ प्राप्त कूल रु एक अर्ब एक करोड ९० लाख ४६ हजार ९ सय २७ मध्ये रु ७० करोड ६७ लाख ४९ हजार पाँच सय २१ खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ७७ करोड ३५ लाख मध्ये ३९ करोड ६७ लाख ९४ हजार चार सय ४६ खर्च भएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्